LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपालगन्ज

। बाँकेको ग्रामीण क्षेत्रमा आँखामा मोतियाबिदु भएका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएका निःशुल्क आँखा जाँच शिविरमा आँखा परीक्षणका लागि आउनेमध्ये धेरै जनामा मोतियाबिन्दु देखिएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जनाएको छ ।

सोही क्रममा जिल्लाको खजुरा गाउँपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा उपचारका लागि आएका मध्ये २६८ जनामा मोतियाबिन्दु देखिएकाले निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताउनुभयो ।

उहाँले फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र रुइत फाउण्डेशनको संयुक्त सहकार्यमा मङ्सिर ९ देखि १२ गतेसम्म खजुरा गाउँपालिकाका चार वटा वडाहरुमा गरिएको निःशुल्क आँखा शिविरमा एक हजार ३१४ जनाको आँखा परीक्षण गरिएकोमा २६८ जनालाई मोतियाबिन्दु देखिएको बताउनुभयो ।

मोतियाबिन्दु देखिएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको पनि कार्यक्रम अधिकृत सादिकले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा बाँकेका विभिन्न स्थानमा गरिएको आँखा शिविरमा उपचारका लागि आउनेहरुमा मोतियाबिन्दु धेरै जनामा देखिएकाले सो बारेमा समुदायमा सचेतना फैलाउनु पर्ने आवश्यकता बढेको छ ।

यसैबिच मङ्सिर १४ देखि १८ गतेसम्म बर्दिया जिल्लाको राजापुर नगर पालिका अन्तर्गतका विभिन्न वडाहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने कार्यक्रम रहेको जानकारी आँखा अस्पतालका कार्यक्रम अधिकृत सादिकले गराउनुभयो ।

उहाँले सो अवधीमा शिविरमा पुगेर आआफ्नो आँखा परीक्षण गराई लाभ उठाउन समेत राजापुरका सर्वसाधारणसँग अपील गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय