LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ ।

यही मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षण मध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले जनाएको छ ।

महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले विगतका सिजनमा जस्तै यसपटकको आइडलले दर्शक र स्रोतको मन जित्ने विश्वास गरे । ‘धेरै प्रतिभाहरु अझै हाम्रै छेउछाउ छन् तर उनीहरुले प्लेटफर्म नपाउँदा ओझेलमा छन्’, उनले भने, ‘यसरी लुकेर रहेका भोलिका प्रतिभावान कलाकार हामीले बाहिर ल्याउन खोजेका छौं । पक्कै पनि यसले नेपाली नृत्य र संगीतको दुनियामा नयाँ आयाम थप्ने छ ।

उद्योग बाणिज्य संघले भैरहवा डान्स आइडलको अडिसन राउन्ड समेत गरिसकेको छ । जसमा २० जना प्रतियोगी चुनिएका छन् । यता भ्वाइस अफ भैरहवामा १० जना चुनिएका छन् ।

महोत्सवमा स्थानीय कलाकारलाई बोलाएर नृत्य प्रस्तुत हुँदै आए पनि भैरहवा डान्स आइडल भने पहिलो पटक गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय