LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ ।

यही मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षण मध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले जनाएको छ ।

महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले विगतका सिजनमा जस्तै यसपटकको आइडलले दर्शक र स्रोतको मन जित्ने विश्वास गरे । ‘धेरै प्रतिभाहरु अझै हाम्रै छेउछाउ छन् तर उनीहरुले प्लेटफर्म नपाउँदा ओझेलमा छन्’, उनले भने, ‘यसरी लुकेर रहेका भोलिका प्रतिभावान कलाकार हामीले बाहिर ल्याउन खोजेका छौं । पक्कै पनि यसले नेपाली नृत्य र संगीतको दुनियामा नयाँ आयाम थप्ने छ ।

उद्योग बाणिज्य संघले भैरहवा डान्स आइडलको अडिसन राउन्ड समेत गरिसकेको छ । जसमा २० जना प्रतियोगी चुनिएका छन् । यता भ्वाइस अफ भैरहवामा १० जना चुनिएका छन् ।

महोत्सवमा स्थानीय कलाकारलाई बोलाएर नृत्य प्रस्तुत हुँदै आए पनि भैरहवा डान्स आइडल भने पहिलो पटक गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय