LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

भैरहवा । रुपन्देहीको भैरहवामा मंसिर २० गते भोली बिहीबारदेखि ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१’ सुरु हुने भएको छ । महोत्सवको बिहीबार दिउँसो १ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताए ।

बुधबार सिद्धार्थनगर नगरपालिका ८ अञ्चलपुरस्थित मेलास्थलमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले महोत्सवको उद्घाटन सत्रको तयारीमा रहेको बताए । उनले महोत्सव उद्घाटन अघि बिहान साढे १० बजे भैरहवास्थित देवकोटाचोकबाट झाँकीसहित र्‍याली निकालिने जानकारी दिए ।

‘नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहनेछ, मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन राखिनेछ । अध्यक्ष श्रेष्ठले भने ‘यसपटक कृषिलाई बढी महत्व दिएका छौं । महोत्सवमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र स्टलसँगै बाल उद्यानमा खेल्ने दर्शकको बीमाको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

२०६१ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा महोत्सव सुरु गरेको उनले बताए । उनले महोत्सव सञ्चालन गर्न गठित ३३ सदस्यीय समितिले जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवको स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले महोत्सवमा ३ सय वटा स्टल निर्माण गरिएको बताए । उनले सबै स्टल बुक भइसकेको जानकारी दिए । तिलोत्तमा र हेटौंडामा सञ्चालित महोत्सवको अवधि दुईदिन थपिएको कारण बिहीबार ९भोली० केही स्टल खाली देखिन सक्छन् । तर, शुक्रबार साँझदेखि स्टलहरु भरिन्छन्, आचार्यले भने ।

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको रहेको महासचिव कृष्ण प्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय