LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

भैरहवा । रुपन्देहीको भैरहवामा मंसिर २० गते भोली बिहीबारदेखि ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१’ सुरु हुने भएको छ । महोत्सवको बिहीबार दिउँसो १ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताए ।

बुधबार सिद्धार्थनगर नगरपालिका ८ अञ्चलपुरस्थित मेलास्थलमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले महोत्सवको उद्घाटन सत्रको तयारीमा रहेको बताए । उनले महोत्सव उद्घाटन अघि बिहान साढे १० बजे भैरहवास्थित देवकोटाचोकबाट झाँकीसहित र्‍याली निकालिने जानकारी दिए ।

‘नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहनेछ, मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन राखिनेछ । अध्यक्ष श्रेष्ठले भने ‘यसपटक कृषिलाई बढी महत्व दिएका छौं । महोत्सवमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र स्टलसँगै बाल उद्यानमा खेल्ने दर्शकको बीमाको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

२०६१ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा महोत्सव सुरु गरेको उनले बताए । उनले महोत्सव सञ्चालन गर्न गठित ३३ सदस्यीय समितिले जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवको स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले महोत्सवमा ३ सय वटा स्टल निर्माण गरिएको बताए । उनले सबै स्टल बुक भइसकेको जानकारी दिए । तिलोत्तमा र हेटौंडामा सञ्चालित महोत्सवको अवधि दुईदिन थपिएको कारण बिहीबार ९भोली० केही स्टल खाली देखिन सक्छन् । तर, शुक्रबार साँझदेखि स्टलहरु भरिन्छन्, आचार्यले भने ।

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको रहेको महासचिव कृष्ण प्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय