LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल, मङ्सिर २१ गते । उपसभामुख इन्दिरा राना मगरले बुटवलमा शुक्रबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सव उदघाटन गर्नुभएको छ । त्यस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले मगर समुदायको भाषा, संस्कृति संरक्षण गर्न यस प्रकारका महोत्सव महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले साहित्यको क्षेत्रमा मगर समुदायको सहभागिता कम भएपनि उनीहरुलाई मगर साहित्यको बिषयमा जानकारी प्रदान गर्न र साहित्यका क्षेत्रमा प्रेरित गर्न महोत्सव थप उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उपसभामुख राना मगरले देशमा लोकतन्त्रका लागि भएका आन्दोलनमा मगर समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै मगर साहित्य महोत्सवमा मगर महिलाहरुको सहभागिता समेत बढी हुनु खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मगर साहित्य महोत्सवले मगर समुदायको भाषा, संस्कृति संरक्षण गर्न सहयोग पुग्ने बताउँदै बुटवल उपमहानगरले मगर भाषाको नागरिक वडापत्र सार्वजनिक गरेको बताउनुभयो ।

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा दुई दिने ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो । मगर समुदायको भाषा, साहित्य, इतिहासको बिषयमा जानकारी दिनेगरी आयोजना गरिएको महोत्सवमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

शनिबारसम्म चल्ने महोत्सवमा विभिन्न मगर साहित्यका विषयमा छलफलका साथै मगर कविता वाचन प्रतियोगिता तथा मगर श्रष्टाहरुलाई सम्मान लगायतका कार्यक्रम समाबेश गरिएको छ ।

महोत्सवमा नेपाली वैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, पत्रकार जे.बी. पुन मगर लगायत व्यक्तिहरुसँग सामूहिक छलफल समेत गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सवका प्रचारप्रसार समिति संयोजक यम राना मगर मगर समुदायले बोल्ने ढुट, खाम तथा काईके गरी तीन भाषामा कविता बाचन प्रतियोगिता हुने बताउनुभयो ।

महोत्सवमा देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय