LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८४ सालको निर्वाचनमा फेरि २०६४ को झल्को आउने दाबी गर्नुभएको छ ।

०८४ मा पुग्दा माओबादी केन्द्र देशकै शक्तिशाली पार्र्टी बन्ने उहाँको दाबी छ । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजना गरिएको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले स्थानीय तहको उपनिर्वाचनले माओबादी केन्द्र देशकै शक्तिशाली पार्टी बन्ने संकेत गरेको बताउनु भयो ।

अरु पार्टीका नेता जहाँ गयो त्यहाँ कलोझण्डा देखाउने र मुर्दाबादको नारा लगाउने कार्य भईरहेको बेला आफु जहाँ गयो त्यहाँ हजारौंको संख्यामा अन्य पार्टी परित्याग गर्दै माओबादी प्रवेशको लहर चल्नुले २०८४ को चुनावमा फेरि माओबादी केन्द्र देशकै ठुलो शक्तिको रुपमा स्थापित हुने विश्वास ब्यक्त गर्नुभयो ।

सदनको संख्या देखाएर बुर्जुवा बुद्धिजीवीले माओबादी सिद्धियो भनेर होहल्ला गर्नेलाई उपनिर्वाचनको नतिजाले देखाईदिएको अध्यक्ष प्रचण्डको दावी छ ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेको मध्यरातमा बनेको गठबन्धन सरकारलाई अप्राकृतिकको संज्ञा दिनुभयो । उहाँले सरकारले एकपछि अर्काे भ्रष्टाचारीलाई बचाउने खेलतर्फ उन्मुख रहेको कुरा जनताले विस्तारै बुझँदै जाँदा माओबादी प्रति लहर जागेको दावी गर्नुभयो ।

नाफामा गएका संस्थाहरुलाई निजीकरण गर्ने वा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सताउने तर्फ सरकार उद्धत रहेको प्रचण्डले आरोप लगाउनु भयो ।

यस्तै कार्यक्रममा जनमुक्ति पार्टीका पूर्व महासचिब रामु परियार लगायत सयौं रुपन्देहीका कार्यकता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय