LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८४ सालको निर्वाचनमा फेरि २०६४ को झल्को आउने दाबी गर्नुभएको छ ।

०८४ मा पुग्दा माओबादी केन्द्र देशकै शक्तिशाली पार्र्टी बन्ने उहाँको दाबी छ । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजना गरिएको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले स्थानीय तहको उपनिर्वाचनले माओबादी केन्द्र देशकै शक्तिशाली पार्टी बन्ने संकेत गरेको बताउनु भयो ।

अरु पार्टीका नेता जहाँ गयो त्यहाँ कलोझण्डा देखाउने र मुर्दाबादको नारा लगाउने कार्य भईरहेको बेला आफु जहाँ गयो त्यहाँ हजारौंको संख्यामा अन्य पार्टी परित्याग गर्दै माओबादी प्रवेशको लहर चल्नुले २०८४ को चुनावमा फेरि माओबादी केन्द्र देशकै ठुलो शक्तिको रुपमा स्थापित हुने विश्वास ब्यक्त गर्नुभयो ।

सदनको संख्या देखाएर बुर्जुवा बुद्धिजीवीले माओबादी सिद्धियो भनेर होहल्ला गर्नेलाई उपनिर्वाचनको नतिजाले देखाईदिएको अध्यक्ष प्रचण्डको दावी छ ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेको मध्यरातमा बनेको गठबन्धन सरकारलाई अप्राकृतिकको संज्ञा दिनुभयो । उहाँले सरकारले एकपछि अर्काे भ्रष्टाचारीलाई बचाउने खेलतर्फ उन्मुख रहेको कुरा जनताले विस्तारै बुझँदै जाँदा माओबादी प्रति लहर जागेको दावी गर्नुभयो ।

नाफामा गएका संस्थाहरुलाई निजीकरण गर्ने वा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सताउने तर्फ सरकार उद्धत रहेको प्रचण्डले आरोप लगाउनु भयो ।

यस्तै कार्यक्रममा जनमुक्ति पार्टीका पूर्व महासचिब रामु परियार लगायत सयौं रुपन्देहीका कार्यकता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय