कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मंगलवार सम्पन्न भएको छ ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चार नम्बर जीतपुरस्थित बुद्ध रंगशालामा १० दिन अघि सुरु भएको थियो ।



महोत्सवका अवसरमा कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य, र स्थानीय कला संस्कृति प्रदर्शन गरिएको थियो । महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार भएको आयोजकले जनाएका छन ।
महोत्सवको उदघाटन गत मंसिर १९ गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले गर्नुभएको थियो ।
मंगलवार भएको समापन कार्यक्रम महोत्सव आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
त्यस अवसरमा विभिन्न प्रतियोगितामा सहभागी विजयी कलाकार तथा खेलाडी तथा उत्कृष्ट स्टलहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।




