LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारा सहित बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ ।
मेलाको उर्जा तथा सिचाई मन्त्री दिपक खडकाले उदघाटन गर्नुभयो । मेलाको उदघाटन गर्दै मन्त्री खडकाले कांग्रेस र एमालेबीचको गठबन्धन सरकार मुलुकको आर्थिक सम्मृद्धिको लागि अघि बढेको बताउनुभयो ।

मन्त्री खडकाले लगानीमा कुनैपनि कञ्जुस्याई नगरी अघि बढ्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । लगानीको बाताबरण बनाउन सरकार तयार रहेको भन्दै मन्त्री खडकाले सरकार नीजि क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो ।

मन्त्री खडकाले लगानीकर्ताको सुरक्षा गर्ने काम सरकारको भएकोले नीजि क्षेत्रलाई विना कुनै द्विविधा लगानी गर्न आग्रह गर्नुभयो ।
उहाँले अवको १० बर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउँदै आन्तरिक खपतलाई बढाउन उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहनको नीति लिएको उल्लेख गर्नुभयो ।

मन्त्री खडकाले त्रिदेशीय विद्युत निर्यात गर्ने अभियान अन्तरगत बंगलादेशको आवश्यकतालाई परिपूति गर्न सम्झौता पनि गरेर यही सरकारको नेतृत्वमा बिजुली विक्री गर्न सफल भएको बताउनुभयो । उहाँले विद्युत उत्पादन बढ्दै गर्दा नेपालमा उद्योग स्थापनाको वातावरण तयार हुने र त्यसबाट रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।

उहाँले मेलाले लिएको लुम्बिनीमा लगानी र देशमा समृद्धिको नारा पूरा गर्न मेलाको माध्यमबाट सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मन्त्री धनेन्द्र कार्कीले बुटवलमा सुरु भएको मेलाले लुम्बिनीमा लगानीको अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो ।

मेला आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालको अध्यक्षतामा भएको मेला उदघाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ लगायतले बुटवलमा भैरहेको मेलाले बुटवलको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै लुम्बिनी क्षेत्रमा लगानीको अवसर सिर्जना गर्ने बताउनुभयो ।

मेलामा १० करोडको आर्थिक कारोबार र करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा मेला आयोजक बुटवल उद्योग बाणिज्य संघले गरेको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला सुरु भएको हो । १६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय