LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ । बुटवल अटो इन्जििनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम प्रदान गरिएको हो ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको मंसिर १४ गतेदेखी २९ गतेसम्म तालिम प्रदान गरिएको हो ।

सम्बन्धित विषयमा कार्यरत कामदारहरु, एशोसिएशनकामा आबद्ध कामदार र विगतमा कोबिडका कारणले बेरोजगार भएका, बैदेशिक रोजगारीबाट फर्केका २३ युवाहरुलाई समेटेर १६ दिने तालिम प्रदान गरिएको बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीका उद्योग उपाध्यक्ष एवं तालिम संयोजक ध्रुबराज भुसालले जानकारी दिनुभयो ।

बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले एसोसिएसनले कामदारको क्षमता तथा दक्षता वृद्धिहुने अपेक्षा सहित तालिम आयोजना गरिएको बतउनुभयो । तालिममा सहभागी बिजय पाण्डेले युरो सिक्स तथा युरो फोर गाडिको बारेमा धेरै सुनेपनि त्यसलाई कसरी मर्मत गर्ने तथा कसरी काम गर्ने विषयमा अन्यौल भएपनि तालिमले सिम प्रदान गरेको बताउनुभयो ।

बुधबार आयोजित समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल शाक्य, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल अटो मेकानिक्स ब्यवसायी महासङका केन्द्रिय अध्यक्ष जनार्धन गैह्रे, पूर्व अध्यक्ष तथा संरक्षण सल्लाहकार ज्योति भण्डारी, सल्लाहकारबाट चन्द्रमणी भण्डारी, प्रमुख प्रशिक्षक चिन्तामणी खनाल, महासचिव पुनित पोखरेल लगायतले बोल्दै तालिममा सिकेको सिपले बुटवल अटो भिलेज भित्र युरोसिक्स प्रविधिका सवारी निर्माणमा थप टेवा पुग्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय