LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल,

। बुटवलको सुप्रिम सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै रुपन्देहीमा अहिलेसम्म पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ । सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको एक अर्ब सात करोड रकममध्ये ७८ करोड रकम अपचलन भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएर अहिले पनि छानबिन गरिरहेको छ ।

 

सुप्रिम सहकारीमा रकम हिनामिना गरेको भन्दै २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । उक्त सहकारीका अध्यक्ष ओम गुरुङ रुपन्देही जेल चलान भएका छन् । अदालतमा मुद्दा दायर गरिएका २८ जनामध्ये अहिलेसम्म आठ जना पक्राउ परेका छन् । जसमा दुई जना कास्की र एक जना रुपन्देही कारागारमा रहेका छन् भने पाँच जना धरौटीमा रिहा भएका छन् ।

 

दीपेशकुमार पुन, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङ धरौटीमा रिहा भएका हुन् । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा जिल्ला अदालत कास्कीको आदेशमा अनुसन्धानका क्रममा रहेका छन् ।

लामिछाने र जोशीसहित जिल्ला अदालत रुपन्देहीले रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई ९जिबी राईका भाइ०, नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले ती सबैलाई अनुसन्धानका लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजय पण्डितले अनुसन्धान र छानबिनको प्रक्रिया जारी रहेकाले कति व्यक्तिमाथि मुद्दा चल्ने भन्ने विषयमा अहिले नै भन्न नसकिने बताउनुभयो ।

उहाँले यसअघि २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भइसकेको पनि बताउनुभयो । बुटवलमा २०५७र५८ मा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन भएर सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो । हालका अध्यक्ष ओमप्रकाश गुरुङ सहकारीको संस्थापक सचिव थिए ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सुप्रिमबाट ऋण प्रवाह भएका ठुला १९ ऋणीमध्ये १३ औँ नम्बरमा रवि लामिछानेको नाम छ । सबैभन्दा धेरै ऋण स्प्रिङ उड रियल स्टेटको नाममा १३ करोड ९८ लाख रहेको छ । यसपछि गितेन्द्रबाबु राई जिबी को नाम जोडिएको जिबी ग्रुप अफ कम्पनी प्रालिले ११ करोड २६ लाख बराबरको ऋण लगेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय