LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाईको श्रोत हुने बताउनु भएको छ ।

बुटवल उपमहानगरपालिका १० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवसको आज उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले सबै क्षेत्रमा उत्कृष्ठता हासिल गरेको छ भन्दै यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ भन्नुभयो ।

उहाँले कालिका मानवज्ञान विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहने विश्वास दिलाउँदै विद्यालयले हासिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको उल्लेख गर्नुभयो । विद्यालयलाई यस उचाईमा ल्याई पु¥याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताउनु भयो ।

‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्ठताको उचाई हाँसिल गरेको छ । यस प्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो– प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ । बहुआयामीक क्षेत्रमा विद्यालयले हाँसिल गरेका उपलब्धिहरु शैक्षिक विकासकोलागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नतिजाको हिसावले या अतिरिक्त क्रियाकलापको हिसावमा पनि कालिका मानवज्ञान विद्यालय देशमै नमूना रहेको उल्लेख गर्दै यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तोसुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेको बताउनुभयो । वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ ।

विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । मुल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय