LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

बुटवल,

। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले छुट्टै प्रसुती सेवा शल्यक्रिया कक्ष निर्माण गरी सेवा सुरु गरेको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि अब सातै दिन प्रसुती सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुने भएको छ ।

शल्यक्रिया सेवा शुभारम्भका अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। बासुदेव उपाध्यायले प्रदेशमा मातृ मृत्युदर घटाउन बिस्तारित अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

उहाँले प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया कक्षको व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गर्नुभयो ।

अस्पतालमा सेवा विस्तारका लागि ५० लाख रुपियाँ बजेट व्यवस्था गरी अस्पतालमा रहेका उपकरणहरुको व्यवस्थापन तथा शल्यक्रिया कक्ष निर्माणमा सहयोग गरेको उहाले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। इन्द्र ढकालले अस्पतालमा आठ शय्याको रिकभरी वार्ड तथा १५ शय्याको पोष्ट अपरेटिभ शय्यासहित नयाँ शल्यक्रिया कक्षको सेवा सञ्चालनमा आएको बताउनुभयो ।

उहाँले अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध हुने बताउनुभयो ।

सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एकवटा शल्यक्रिया कक्ष तथा दुईवटा ठुलो शल्यक्रिया कक्ष रहेको छ ।

मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने बताउनुभयो ।

अस्पतालबाट वार्षिक नौ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसुतीका लागि छुट्टै शल्यक्रिया कक्ष बनेपछि ३३ प्रतिशतले शल्यक्रिया सेवा वृद्धि हुने अस्पतालले जनाएको छ ।

अस्पतालमा शल्यक्रिया कक्ष विस्तार भएसँगै शल्यक्रिया गर्न महिनौ पालो कुर्नुपर्ने बाध्यता धेरै घटने अस्पतालको दाबी छ ।

अस्पतालका मेसु ढकालले अपरेशन थिएटर विस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नी शल्यक्रिया अब सातामा तीन दिन हुने र सोही अनुसार नाक, कान, घाँटीसम्बन्धी शल्यक्रिया पनि सातामा तीन दिन हुने जानकारी दिनुभयो ।

अब वार्षिक १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिने अस्पतालको भनाई छ ।

अस्पतालका मेसु डा। ढकालले पर्याप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी बाहेक अन्यलाई महिनौपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यता अब हटने बताउनुभयो ।

अस्पताल विकास समिति सदस्य लक्ष्मी भट्टराईले प्रसुती सेवा विस्तारसँगै मातृ र शिशुको जीवन थप सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय