LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सरकारले लक्ष्यअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणघाट–बुटबल सडक विस्तारले थोरै आशा देखाएको छ । ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्य अनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

चाईना स्टेटलाई आगामी मङ्सिर २५ गतेभित्र सडकको एकतर्फी ७० प्रतिशत कालोपत्रे भएको हुनुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् २०८२ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ ।

चाइना स्टेट कम्पनीले पहिलो सर्तअनुसार आगामी मङ्सिर २५ भित्र नारायनघाट–बुटवल सडक खण्डको कम्तीमा ७० प्रतिशत एकतर्फी काम सक्ने प्रतिबद्धता जनाएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । सोही अनुसार गत चैत महिनादेखि रोकिएको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुरु भएको छ ।

गत मङ्सिरको तेस्रो सातादेखि काम सुरु गरिएको भए पनि सोचे अनुसारको प्रगति नदेखिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बताउनुभयो । ठेकेदारले दैनिक तीन सय कामदार परिचालन गरेको बताएपनि दुई सयको हाराहारीमा कामदार खटिएको घिमिरेले बताउनुभयो । औजार र जनशक्ति बढाएर तीव्र गतिमा काम गरे पहिलो लक्ष्य पूरा गर्न कुनै समस्या नभएको आयोजनाको भनाइ छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पोख्रेलले थपिएको अवधिमा कम्तिमा एकतर्फी सडक विस्तारको काम भए ठुलो प्रगति हुने बताउनुहुन्छ । अहिलेसम्मको काम गराई हेर्दा त्योभन्दा बढी अहिलेको ठेकेदारबाट अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ ।
चिनियाँ ठेकेदारले छलफलको क्रममा मध्य जनवरीदेखि कामले अलि गति लिने बताएको पोख्रेलले बताउनुभयो । अहिलेसम्म कामले गति नलिए पनि पुसको अन्त्यदेखि सडक विस्तारको काम तीव्र गतिमा हुने प्रतिवद्धता जनाएका कारण यस पटक एकतर्फी बाटो सकिने सम्भावना रहेको बताउनुभया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय