LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सरकारले लक्ष्यअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणघाट–बुटबल सडक विस्तारले थोरै आशा देखाएको छ । ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्य अनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

चाईना स्टेटलाई आगामी मङ्सिर २५ गतेभित्र सडकको एकतर्फी ७० प्रतिशत कालोपत्रे भएको हुनुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् २०८२ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ ।

चाइना स्टेट कम्पनीले पहिलो सर्तअनुसार आगामी मङ्सिर २५ भित्र नारायनघाट–बुटवल सडक खण्डको कम्तीमा ७० प्रतिशत एकतर्फी काम सक्ने प्रतिबद्धता जनाएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । सोही अनुसार गत चैत महिनादेखि रोकिएको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुरु भएको छ ।

गत मङ्सिरको तेस्रो सातादेखि काम सुरु गरिएको भए पनि सोचे अनुसारको प्रगति नदेखिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बताउनुभयो । ठेकेदारले दैनिक तीन सय कामदार परिचालन गरेको बताएपनि दुई सयको हाराहारीमा कामदार खटिएको घिमिरेले बताउनुभयो । औजार र जनशक्ति बढाएर तीव्र गतिमा काम गरे पहिलो लक्ष्य पूरा गर्न कुनै समस्या नभएको आयोजनाको भनाइ छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पोख्रेलले थपिएको अवधिमा कम्तिमा एकतर्फी सडक विस्तारको काम भए ठुलो प्रगति हुने बताउनुहुन्छ । अहिलेसम्मको काम गराई हेर्दा त्योभन्दा बढी अहिलेको ठेकेदारबाट अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ ।
चिनियाँ ठेकेदारले छलफलको क्रममा मध्य जनवरीदेखि कामले अलि गति लिने बताएको पोख्रेलले बताउनुभयो । अहिलेसम्म कामले गति नलिए पनि पुसको अन्त्यदेखि सडक विस्तारको काम तीव्र गतिमा हुने प्रतिवद्धता जनाएका कारण यस पटक एकतर्फी बाटो सकिने सम्भावना रहेको बताउनुभया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय