LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा डजेल बाहेक पेट्रोलियम पदार्थको आयात बढेको छ ।
यसले विद्युतीय सवारीसाधनको बढ्दो चापसँगै पेट्रोलियम पदार्थको आयात न्यून गर्ने सपना तत्कालै भने असम्भव जस्तै देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ ।

यस वर्ष मंसिरसम्म ४ लाख ७२ हजार ८ सय ७ किलोलिटर डिजेल आयात भएको छ । गत आव मंसिरसम्म ४ लाख ८९ हजार ९ सय ३६ किलोलिटर डिजेल आयात भएको थियो । यस वर्ष डिजेल आयातमा विदेशिने रकम समेत घटेको छ ।

मंसिरसम्म डिजेल आयातमा ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबर रकम विदेशिएको छ । गत आव मंसिरसम्म ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँ बराबर रकम डिजेल आयातमा विदेशिएको थियो ।

यस वर्ष पेट्रोल आयात ३ लाख ६ हजार २ सय २९ किलोलिटर बराबर भएको छ । गत वर्ष मंसिरसम्म २ लाख ८१ हजार ९ सय ७० किलोलिटर बराबर थियो ।

पेट्रोल आयातमा खर्च भएको रकम भने यस वर्ष केही कम भएको छ । यस वर्ष मंसिरसम्म २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पेट्रोल आयातमा खर्च भएको छ । गत वर्ष यो रकम २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ थियो ।
खाना पकाउने ग्यास यस वर्ष मंसिरसम्म २१ करोड ७७ लाख ७४ हजार ४ सय ३३ किलो आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय