LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलमा जारी औद्योगिक व्यापार मेलामा हरेक दिन भैरहेको सांस्कृतिक कार्यक्रममा दर्शकको सहभागिता बढ्दै गएको छ । सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीले मेलालाई रोचक बनाउने गरेको छ ।

मेलामा साँस्कृतिक कार्यक्रम अन्तरगत लोक भजन चुट्का प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप–समितिका संयोजक निर्मित कसजुले जानकारी दिनुभयो । यसैगरी स्थानीय कलाकार तथा ब्यान्डले साँस्कृतिक प्रस्तुती दिएको सह संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा आइतबार चर्चित गायक प्रकाश दुतराज र पशुपति शर्माको प्रस्तुती रहेको छ । यसैगरी अन्तर विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता तथा भ्वाइस अफ बुटवलमा उत्कृष्ट १० प्रतियोगीहरुको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा दर्शकको बाक्लो उपस्थिति बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय