LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

पुष ९,

काठमाण्डौ – गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् । ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन् ।

उजुरी परेको आधारमा मात्रै झण्डै साढे १९ करोड रुपैयाँ ठगीको विवरण प्राप्त भएको र धेरैजसोले उजुरी नदिने भएकोले ठगिएको रकम र ठगिएकाको सङ्ख्या अझै बढी हुने विज्ञहरु बताउँछन् ।

विभागका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये दुई हजार एक सय ११ वटा अर्थात ५१ प्रतिशत फर्स्योट भएको छ ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै छ ।

उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ ।

महानिर्देशक खत्रीले उजुरी हेर्दा पछिल्लो पटक व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय