LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

पुष ९,

काठमाण्डौ – गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् । ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन् ।

उजुरी परेको आधारमा मात्रै झण्डै साढे १९ करोड रुपैयाँ ठगीको विवरण प्राप्त भएको र धेरैजसोले उजुरी नदिने भएकोले ठगिएको रकम र ठगिएकाको सङ्ख्या अझै बढी हुने विज्ञहरु बताउँछन् ।

विभागका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये दुई हजार एक सय ११ वटा अर्थात ५१ प्रतिशत फर्स्योट भएको छ ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै छ ।

उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको छ ।

महानिर्देशक खत्रीले उजुरी हेर्दा पछिल्लो पटक व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय