LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवलमा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ पुस १६ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सुरु गरेको हो ।

मंगलबार एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले प्रतियोगिताको उदघाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले पूर्वाधार विकास र खेल विकासमा बुटवल उपमहानगरपालिका लागेको बताउँदै बुटवलमा साढे ३ करोड रुपैया बजेटमार्फत खेलकुदको पूर्वाधार निर्माणको काम भैरहेको बताउनुभयो ।

बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले सिद्धेश्वर खेल मैदानमा सुरु भएको प्रतियोगिता विगतमा भएका कमि कमजोरीहरुलाई हटाएर सफलतापूर्बक सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको बताउँदै पछिल्लो ३ वर्षदेखि नगद पुरस्कार वितरण गरिदै आएको बताउनुभयो । यो वर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा हुँदैछ ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी भएका छन ।
जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्र र छात्रा), एथलेटिक्स लगायत ३ दिनसम्म प्रतियोगिताहरु संचालन हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय