LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ ।
च्याम्पियनसिपको बुधबार एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको रामनगर खेल मैदानमा विहान ११ बजेट उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

बुधबारदेखि हुने च्याम्पियनसिपको तयारी पूरा भएको मंगलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिष्पर्धा गर्दैछन् ।
खेलमा सहभागी हुने टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहेको एकेडेमीका अध्यक्ष आचार्यले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीनलाख पचास हजार, तृतीय पुरस्कार एकलाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।

प्रतियोगिताका लागि बुधबारको खेल निशुल्क गरिएको छ भने विहिवारदेखि प्रति व्यक्ति तीनसय रुपियाँ टिकटको व्यवस्था गरिएको छ । अध्यक्ष आचार्यले परिस्थिति अनुसार टिकट शुल्कमा बृद्धि पनि हुन सक्ने बताउनुभयो । रामनगर खेल मैदानमा हुने प्रतियोगिता २५ सय दर्शकले हेर्न सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय