LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ ।
च्याम्पियनसिपको बुधबार एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको रामनगर खेल मैदानमा विहान ११ बजेट उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

बुधबारदेखि हुने च्याम्पियनसिपको तयारी पूरा भएको मंगलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिष्पर्धा गर्दैछन् ।
खेलमा सहभागी हुने टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहेको एकेडेमीका अध्यक्ष आचार्यले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीनलाख पचास हजार, तृतीय पुरस्कार एकलाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।

प्रतियोगिताका लागि बुधबारको खेल निशुल्क गरिएको छ भने विहिवारदेखि प्रति व्यक्ति तीनसय रुपियाँ टिकटको व्यवस्था गरिएको छ । अध्यक्ष आचार्यले परिस्थिति अनुसार टिकट शुल्कमा बृद्धि पनि हुन सक्ने बताउनुभयो । रामनगर खेल मैदानमा हुने प्रतियोगिता २५ सय दर्शकले हेर्न सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय