LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसीप सुरु भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनुभयो ।

खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीको भूमिका मत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभयो ।

पुस २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिष्पर्धा गर्दैछन् । जसमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिबल एशोसिएशन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतिष्पर्धा गर्नेछन ।

प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार र सान्त्वना पुरस्कार एक लाख रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।
यसैगरी पहिलो दिनको खेलमा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उदघाटन खेलमा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको हो । पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले एकेडेमीलाई २५–२२, २५–२०, ३२–३४ र २५–१८ ले पराजित गरेको हो ।

दुई सेटले अगाडि रहेको पुलिस तेस्रो सेटमा पराजित भएपनि पुलिसले बिजयी सुरुवात ग¥यो । तेस्रो सेट एकेडेमीले निकै प्रतिष्पर्धामा ३४–३२ अंकमा जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय