गत पुस ३ देखि बुटवलमा भइरहेको औद्योगिक व्यापार मेला विहिवार सकिएको छ । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन भएको महोत्सवमा ५ सय बढी स्टल रहेका थिए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा भएको मेला विहिवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।



मेलाको समापन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले बुटवल मेलाले औद्योगिक जागरण सिर्जना गर्न सहयोग पु¥याएको बताउनुभयो । उहााले मेलालाई आगामी दिनमा अझै परिस्कृत गर्न आवश्यक रहेको बताउँदै मेलाले दिएको सन्देश ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता खाँणले बुटवल नारायणगढ सडकका कारण यस क्षेत्रको ब्यापार व्यवसायमा असर परेको बताउँदै बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा पनि त्यही नियती दोहारिन नदिने जनता सचेत हुनुपर्ने बताउनुभयो ।
पूर्व गृहमन्त्री समेत रहनु भएका नेता खाँणले भैरहवामा बनेको अन्तर्राष्ट्रिय विमानस्थल सफल हुने बताउँदै सरकार समेत विमानस्थल चलाउन लागेकोले यसको भविष्य सुन्दर रहेको उल्लेख गर्नुभयो ।
मेला आयोजक उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेलामा आयोजित विभिन्न विधाका उत्कृष्ट प्रतियोगी, स्टल लगायत मेला सफल बनाउन सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।




