LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

गत पुस ३ देखि बुटवलमा भइरहेको औद्योगिक व्यापार मेला विहिवार सकिएको छ । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन भएको महोत्सवमा ५ सय बढी स्टल रहेका थिए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा भएको मेला विहिवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

मेलाको समापन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले बुटवल मेलाले औद्योगिक जागरण सिर्जना गर्न सहयोग पु¥याएको बताउनुभयो । उहााले मेलालाई आगामी दिनमा अझै परिस्कृत गर्न आवश्यक रहेको बताउँदै मेलाले दिएको सन्देश ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता खाँणले बुटवल नारायणगढ सडकका कारण यस क्षेत्रको ब्यापार व्यवसायमा असर परेको बताउँदै बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा पनि त्यही नियती दोहारिन नदिने जनता सचेत हुनुपर्ने बताउनुभयो ।

पूर्व गृहमन्त्री समेत रहनु भएका नेता खाँणले भैरहवामा बनेको अन्तर्राष्ट्रिय विमानस्थल सफल हुने बताउँदै सरकार समेत विमानस्थल चलाउन लागेकोले यसको भविष्य सुन्दर रहेको उल्लेख गर्नुभयो ।

मेला आयोजक उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेलामा आयोजित विभिन्न विधाका उत्कृष्ट प्रतियोगी, स्टल लगायत मेला सफल बनाउन सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय