राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रगतिशील पत्रकार संघको १८ औं स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित एक कार्यक्रममा अहिलेको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले राजनीतिलाई कमाउने भाँडो बनाइएको आरोप लगाउँदै संघीयता खारेज गर्नुपर्ने र लोकतन्त्र जोगाउन आवश्यक रहेको धारणा राख्नुभयो । केसीले प्रदेश व्यवस्था जनताको हितमा नभएको बताउँदै यसलाई खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।



त्यस्तै, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल र प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, पत्रकार महासंघ केन्द्रिय सदस्य रामराज पोखरेल लगायतले प्रेस स्वतन्त्रताको संरक्षण र समकालीन चूनौतिहरूका विषयमा आ–आफ्नो धारणा राख्नु भयो ।
कार्यक्रमका अध्यक्ष श्यामलाल पोखरेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरुको भूमिका अपरिहार्य रहेको बताउनु भएको थियो ।




