LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा २०७८ सालमा निर्माण भएको भ्यू टावर प्रयोगबिहीन भएको छ । टावरको २०७८ चैत १५ गते उद्घाटन गरिएको थियो । अहिले टावरको गेटमा ताला लगाइएको छ । १० तलाको टावर निर्माण भए पनि सञ्चालन प्रक्रियाबारे अलमल हुँदा सर्वसाधारण चढ्नै पाएका छैनन् ।

साढे ११ करोड लगानीमा बनेको बहुउद्देश्यीय टावर सञ्चालनमा ढिलाइ हुँदा यसले अहिलेसम्म आम्दानी दिन सकेको छैन । भ्यू टावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शङ्करनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) ले कुनै पनि लाभ लिन नसकेको शङ्करनगर वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेयले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणका अनुसार यो भ्यू टावर निर्माण गर्दा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी भएको हो ।

दोस्रो चरणको केही कामका लागि संघीय सरकारको बजेटबाट खर्च गरिएको छ । यसको आम्दानी भने नगरपालिकाले ६० प्रतिशत र वनवाटिकाले ४० प्रतिशत लिने यसअघि नै सहमति समेत भएको हो ।

नगरपालिकाबाट एक करोड र संघीय सरकारबाट आएको बजेटबाट पार्किङ र गार्डेन लगायतका निर्माण कार्य भइरहेको छ ।
शङ्करनगर वनवाटिकाभित्र दैनिक सरदर एक हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । यहाँ रहेका सेडहरुमा पिकनिक (वनभोज) खाने, नाचगान गर्ने, अवलोकन गर्नेहरुको दैनिक भिड लाग्ने गरेको छ । संगै रहेका पार्कहरु, चिडिया खाना यहाँका थप आकर्षक क्षेत्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय