LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको तिलोत्तमा १४ भलवारीमा रहेको ब्रिटिश ग्रामर स्कुलको खेल सप्ताह शनिवार समापन भएको छ । सप्ताहको अवसरमा विभिन्न खेल प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

समापनकै अवसरमा अभिभावकहरुको म्युजिकल चेयर, बेलुनफोड लगायत विविध खेलकुद सम्पन्न भएको छ ।
पुस २४ देखि सुरु भएको खेल सप्ताहमा क्रिकेट, भलिबल, बास्केटबल तथा बाल प्रतिभा सम्वन्धि विभिन्न प्रतियोगिता गरिएको थियो ।
विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले खेल सप्ताहमा विद्यार्थीहरुको उत्कृष्ट सहभागिता रहेको बताउँदै अभिभावकहरुको समेत उत्साहजनक सहभागिताले विद्यालय उत्साहित भएको बताउनुभयो ।

उहाँले खेल सप्ताहमा सवै विद्यार्थीहरुको सहभागितालाई प्राथमिकता दिएको बताउँदै खेल सप्ताहले उत्साह थपेको बताउनुभयो ।

खेल सप्ताहमा विजेतालाई बधाई तथा प्रतिस्पर्धी तथा सहभागी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल गराउन सहयोग गर्ने सबैलाई जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त विद्यालयले पछिल्लोसमय उ्रत्कृष्ट नतिजा दिलाउन सफल हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय