LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको तिलोत्तमा १४ भलवारीमा रहेको ब्रिटिश ग्रामर स्कुलको खेल सप्ताह शनिवार समापन भएको छ । सप्ताहको अवसरमा विभिन्न खेल प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

समापनकै अवसरमा अभिभावकहरुको म्युजिकल चेयर, बेलुनफोड लगायत विविध खेलकुद सम्पन्न भएको छ ।
पुस २४ देखि सुरु भएको खेल सप्ताहमा क्रिकेट, भलिबल, बास्केटबल तथा बाल प्रतिभा सम्वन्धि विभिन्न प्रतियोगिता गरिएको थियो ।
विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले खेल सप्ताहमा विद्यार्थीहरुको उत्कृष्ट सहभागिता रहेको बताउँदै अभिभावकहरुको समेत उत्साहजनक सहभागिताले विद्यालय उत्साहित भएको बताउनुभयो ।

उहाँले खेल सप्ताहमा सवै विद्यार्थीहरुको सहभागितालाई प्राथमिकता दिएको बताउँदै खेल सप्ताहले उत्साह थपेको बताउनुभयो ।

खेल सप्ताहमा विजेतालाई बधाई तथा प्रतिस्पर्धी तथा सहभागी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल गराउन सहयोग गर्ने सबैलाई जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त विद्यालयले पछिल्लोसमय उ्रत्कृष्ट नतिजा दिलाउन सफल हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय