LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि. को ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

कक्षा ११–१२ र सिटिइभिटी अन्तरगत भलिवल, फुटवल, कपर्दी, हाइ जम्प, लङ्गजम्प, टेवल टेनिस, सटपुट, ४०० मिटर दौड लगायतका खेलहरु सम्पन्न भएका छन् ।

यस्तै, कक्षा ६ देखि ९ का विद्यार्थीहरुको १०० मिटर र २०० मिटर दौड सम्पन्न भएका छन् । त्यसैगरी कबड्डी, लङगजम्प, टेवल टेनिस, कपर्दी, प्रतियोगिताहरु भएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै साहित्य सम्बन्धी कार्यक्रमतर्फ कक्षा ११–१२ मा सामाजिक सञ्जालको प्रयोग शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जसमा ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यस्तै कक्षा ८ र ९ मा भएको वक्तृत्वकला प्रतियोगितामा अनुश्री शर्मा प्रथम, मेलिना घिमिरे द्वितीय, प्राप्ती अर्याल तृतीय र गृष्मा ज्ञवाली तृतीय भएको शिक्षक भीम भुसालले बताउनुभयो । नेत्रकुमारी अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन गीता पन्थीले गर्नुभएको थियो ।
यस्तै कक्षा ६ र ७ मा खुला कथा लेखन, कविता वाचन र वक्तृत्वकला प्रतियोगिता भएको छ ।

वार्षिकोत्सवको अवसरमा माघ १५ गते खाना महोत्सव तथा पुस्तक प्रदर्शनी, माघ १८ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम र पढाइ महोत्सव, माघ २० गते छात्रवृत्ति वितरण र माघ २१ गते वार्षिकोत्सवको मूल समारोहको कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय