LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा रुपन्देहीमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही ( नमस्ते एकडेमीमा) सरस्वती पूजाका अवसरमा यही माघ २१ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भका साथै साहित्यिक महोत्सव हुने भएको छ ।

वरिष्ठ लेखक तथा साहित्यकार जंगबहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा मूलत पुस्तक लेखन, कथा लेखन र पुस्तक प्रकाशनका विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल हुने विद्यालयले जनाएको छ ।

व्यवस्थापक उमेश कँडेलले कार्यक्रममा लेखक र बाल साहित्यकारका बिचमा अन्तरक्रिया हुने जानकारी दिनुभयो । साहित्यिक महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी हुने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना हुने कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि प्रदर्शनी हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय