LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा रुपन्देहीमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही ( नमस्ते एकडेमीमा) सरस्वती पूजाका अवसरमा यही माघ २१ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भका साथै साहित्यिक महोत्सव हुने भएको छ ।

वरिष्ठ लेखक तथा साहित्यकार जंगबहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा मूलत पुस्तक लेखन, कथा लेखन र पुस्तक प्रकाशनका विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल हुने विद्यालयले जनाएको छ ।

व्यवस्थापक उमेश कँडेलले कार्यक्रममा लेखक र बाल साहित्यकारका बिचमा अन्तरक्रिया हुने जानकारी दिनुभयो । साहित्यिक महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी हुने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना हुने कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि प्रदर्शनी हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय