LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

होराइजन गौतमबुद्ध मा.वि. ड्राइभरटोल रुपन्देहीमा खाना महोत्सव, नतिजा प्रकाशन, सिङ्गिङ आइडल तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले खाना महोत्सव कार्यक्रम आयोजना गरेका हुन् भने विद्यालयद्वारा सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता, दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण र अभिभावक भेला आयोजना गरिएको हो ।
होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका सञ्चालक भाष्करनाथ पाण्डेयको स्वस्तीवाचनद्वारा सुरु भएको कार्यक्रममा विद्यालयका उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा शैक्षिक संयोजक जीवनाथ भण्डारीले कार्यक्रमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
उहाँले विद्यार्थीहरुलाई पाक कलाको ज्ञान गराउनु, व्यवसायिक सिपको विकास गराउनु, विद्यार्थी, शिक्षक र अभिभावकलाई एक सुत्रमा बाँध्नु र विद्यार्थीहरुको उपलब्धीका सन्दर्भमा जानकारी गराउनु नै कार्यक्रमको उद्देश्य रहेको भन्दै विगत वर्षहरुदेखि नै फुड फेस्टिभल कार्यक्रम गरिंदै आएको कुरा बताउनुभयो ।
प्रमुख अतिथिको मन्तव्य राख्दै लोकनाथ उपाध्यायले विद्यार्थी, शिक्षक, अभिभावकको त्रिकोणात्मक सहसम्बन्धले नै सिकाई प्रकृयालाई पूर्णता दिन सकिने बताउँदै तीनवटै पक्षलाई जोडेर गरिएको कार्यक्रम उत्कृष्ट रहेको कुरा बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष ज्ञानेन्द्र ज्ञानेन्द्रप्रसाद कसजुले स्वस्थ भोजन नै स्वस्थ जीवनको आधार हो भन्दै विद्यार्थीहरु हाम्रा अमुल्य सम्पत्ती हुन् । त्यसैले विद्यार्थीलाई अभिभावकले समेत उचित वातावरण दिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय