LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विदेश पलायन रोक्ने हो भने अव सीपयुक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
रुपन्देहीको हरैया माध्यमिक विद्यालय कञ्चन ३ हरैया रूपन्देहीको ५८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको सोमबार उदघाटन गर्दै मन्त्री ढकालले युवा जनशक्ति देश विकासमा लगाउने हो भने शिक्षामा समयानुकूल सुधार जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षाले समाजको भाषा, संस्कृति, भौतिक पूर्वाधार बिकास र राजनैतिक रुपमा समेत नयाँ जागरण ल्याउने भन्दै अवको दिनमा सिपमूलक शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।
कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले कञ्चनको शैक्षिक स्तरलाई राम्रो बनाउन पालिकाले विभिन्न निकायहरुसंगको सहकार्य र समन्वयमा बिषय तथा तहगत शिक्षण तालिम संचालन गर्दै आइरहेको बताउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले हरैया माध्यमिक विद्यालयलाई कञ्चनकै उत्कृष्ट र नमुना विद्यालयको रुपमा बिकास गर्न शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवालहरुको थप सहकार्य र समन्वय आवस्यक पर्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले विद्यालयको शैक्षिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, हरैया बहुमखुी क्याम्पस संचालक समितिका अध्यक्ष टीकाराज गिरी, रामबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त विद्यालयमा प्राविधिक धार अन्तर्गत कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर इन्जिनियरिङ्ग बिषय पढाई हुदै आइरहेको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक प्रकाश आचार्यको स्वागत एवं शिक्षक कलाधर ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय