‘मानव जीवनको अमुल्य काम मानव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम’ भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरती २०८१ शुरु भएको छ ।
विहिवारदेखि फागुन २ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक आचार्य ओम प्रकाश सुवेदीले आउ आउ भक्त श्रृगेश्वर धाममा कोही पनि नछुटौं यो पुन्य काममा भन्दै भक्तजनहरुलाई दिल खोलेर सहयोग गर्न आह्वान गर्नुभयो ।
हुनेले दान नहुनेले मन दिएर यो महायज्ञलाई सफल बनाउन उहाँले सुझाव दिनुभयो ।
श्रृङ्गेश्वर धाम एवं ज्येष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा ४ डिङ्गनगर, रुपन्देहीमा आयोजित महायज्ञमा विहिवार बृहत्त शोभाकलश यात्रा निकालिएको थियो । शोभाकलश पछिको सभामा वोल्दै जेष्ठ नागरिक देवीप्रसाद पन्थ र पुनकला वस्यालले जेष्ठ नागरिक मिलन केन्द्र बृद्ध बृद्धाका लागि खुसियाली दिने स्थल भएकोे धारणा राख्नु भएको थियो ।
तिलोत्तमा नगर उपप्रमुख जागेश्वरीदेबी चौधरीले महायज्ञ उद्घाटन गदै सरकारले गर्ने काम यो संस्थाले गरेकोमा प्रसंशा गर्दै मानविय काममा सबैको साथ सहयोग जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले महायज्ञलाई सफल बनाउन सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयोे ।
महायज्ञका अवसरमा हरेक दिन प्रातः कालमा योग एवं ध्यान शिविर, नित्य पुजा एवं पाठ पारायण, संगीतमय श्रीमद् भागवत कथा प्रवचन, देव लिलादर्शन, सन्तमहन्त सम्मान, श्रृङ्गारिक दिव्य महाआरती एव राष्ट्रिय कलाकारद्वारा देव लिलामय झाँकी भजन सञ्चालन गरिने छ ।
श्रृङ्गेश्वर धाम एवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको हो । उद्घाटन समारोहका दिन ४ लाख बढी आर्थिक सहयोग संकलन भएको कोषाध्यक्ष मोती भण्डारीले बताउनु भयो ।







