LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलमा शुक्रबारदेखि जिल्लास्तरीय अन्तर विद्यालय ‘दीप गायन तारा’ को बाह्रौंं संस्करण सुरु भएको छ ।
बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ स्कुलको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले भाग लिएका छन् ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र दिइने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताउनुभयो ।
यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई नगद दुई–दुई हजार दिइने विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४० जना भन्दा बढी विद्यार्थीले भाग लिएका छन् ।
प्रतियोगिताको पहिलो चरण माघ २५ शुक्रबार भएको र अन्तिम चरण फागुन ५ गते सम्पन्न हुने छ ।
प्राचार्य न्यौपानेले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर यस्ता गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
अहिलेसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी र रिदिमा सिंजाली गरी ११ जना विद्यार्थीहरु अहिलेसम्म दीपगायन तारा बन्न सफल भैसकेका छन् । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भएको विद्यालयका शिक्षक छवि ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय