LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलमा शुक्रबारदेखि जिल्लास्तरीय अन्तर विद्यालय ‘दीप गायन तारा’ को बाह्रौंं संस्करण सुरु भएको छ ।
बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ स्कुलको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले भाग लिएका छन् ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र दिइने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताउनुभयो ।
यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई नगद दुई–दुई हजार दिइने विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४० जना भन्दा बढी विद्यार्थीले भाग लिएका छन् ।
प्रतियोगिताको पहिलो चरण माघ २५ शुक्रबार भएको र अन्तिम चरण फागुन ५ गते सम्पन्न हुने छ ।
प्राचार्य न्यौपानेले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर यस्ता गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
अहिलेसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी र रिदिमा सिंजाली गरी ११ जना विद्यार्थीहरु अहिलेसम्म दीपगायन तारा बन्न सफल भैसकेका छन् । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भएको विद्यालयका शिक्षक छवि ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय