LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुको लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ ।
अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन तथा सेवालाई सहज बनाउन फार्मेसी स्थापना गरिएको अस्पतालले जनाएको छ ।
छुट्टै फार्मेसी सेवाको उदघाटन गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले फार्मेसीको सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवासँगै सबैको पहुँच योग्य बनाउने लक्ष्य रहेको बताउनुभयो ।
सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उहाँले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गर्दछन् ।
बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उहाँले बताउनुभयो ।
उहाँले अस्पतालमा सेवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्स–रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार लगायतका योजना रहेको बताउनुभयो ।
त्यसैगरी २४ घण्टे ओपीडी फार्मेसी सेवा सञ्चालनमा आएपछि बिरामीहरुलाई राति र विदाको समयमा वाहिर जानुपर्ने समस्या अन्त्यन्त हुने र अस्पतालको फार्मेसीवाट बिक्री बढ्ने फार्मेसी प्रमुख पदम खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय