LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुको लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ ।
अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन तथा सेवालाई सहज बनाउन फार्मेसी स्थापना गरिएको अस्पतालले जनाएको छ ।
छुट्टै फार्मेसी सेवाको उदघाटन गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले फार्मेसीको सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवासँगै सबैको पहुँच योग्य बनाउने लक्ष्य रहेको बताउनुभयो ।
सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उहाँले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गर्दछन् ।
बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उहाँले बताउनुभयो ।
उहाँले अस्पतालमा सेवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्स–रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार लगायतका योजना रहेको बताउनुभयो ।
त्यसैगरी २४ घण्टे ओपीडी फार्मेसी सेवा सञ्चालनमा आएपछि बिरामीहरुलाई राति र विदाको समयमा वाहिर जानुपर्ने समस्या अन्त्यन्त हुने र अस्पतालको फार्मेसीवाट बिक्री बढ्ने फार्मेसी प्रमुख पदम खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय