LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हक तलमाथि हुनेगरी पार्टीले कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताउनु भएको छ ।
बुधबार बुटवलमा आयोजित नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन उदघाटन गर्दै महामन्त्री थापाले प्रेस स्वतन्त्रता र नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताउनु भएको हो ।

नेपाली कांग्रेस स्थपापनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको उदाहरण दिदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गर्नुभयो ।

बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भएका अधिकार कटौती गर्नका लागि नभएर संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको भन्दै उहाँले भएका प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्न लागिएको दाबी गर्नुभयो ।

पार्टीको आगामी महाधिवेशन पूर्व निर्धारित समयमै हुने भन्दै उहाँले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल ,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायका नेताहरूले आ आफ्नो भनाइ राख्नुभएको थियो ।
अधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय