LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलको चीरपरिचित शैक्षिक प्रतिष्ठान क्यानन सेकेण्डरी स्कुलले २८ वार्षिकोत्सब तथा रजत जयन्तीको अवसरमा विहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ६१ युनिट रगत जम्मा भएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो ।

रक्तदान कार्यक्रमको अवसरमा बोल्दै प्राचार्य भण्डारीले विद्यालय समाजको अभिन्न अंग भएकोले यस्ता कार्यक्रमले विद्यालय समाजप्रति उत्तरदायी छ भन्ने विश्वास दिलाउने बताउनुभयो ।

रक्तदान कार्यक्रमको अवसरमा नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष सिलवालले क्याननले पढाईसंगै सामाजिक कृयाकलापमा पनि जोड दिएर नमूना उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

विद्यालयको प्रांगणमा भएको उक्त क्यानन मावि रेडक्रस सर्कलको सहजीकरण र विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख मिनराज गिरिको संयोजनमा सम्पन्न भएको थियो ।
क्याननले तीन बर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि मनाउन थालेको हो ।

विद्यालयले विगतमा कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्ती २८ वार्षिकोत्सबको अवसरमा मनाउन लागेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो ।

बिद्यालयका बार्षिकोत्सवको अवसरमा फागुन २ गते हुने कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक सम्मान, पत्रकार सम्मान लगायतसहित साँस्कृतिक कार्यक्रमहरु गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा प्ले ग्रुपदेखि १० कक्षासम्म ७ सय विद्यार्थी रहेका छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि कक्षा ११ र १२ मा ३ सय २२ जना विद्यार्थीहरु अध्ययरत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय