LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस । आजको दिनलाई ‘भ्यालेन्टाइन डे’ को रूपमा विश्वभरका युवायुवती तथा प्रेमी प्रेमिकाहरूले प्रेम व्यक्त गर्ने दिनका रूपमा मनाउँछन् ।
नेपालमा भने प्रेमी पे्रमिकाहरू आफ्नो साचो प्रेम व्यक्त गर्न प्रेमको प्रतीक पाल्पाको रानीमहल दरबारमा पुग्ने गर्छन् ।
राणाकालीन समयदेखि नै पाल्पाको रानीमहल दरबार प्रेमको प्रतीकको रूपमा परिचित छ । प्रणय दिवसको अवसरमा नवजोडी तथा प्रेमी प्रेमिकाको लागि पाल्पाको रानीमहल दरबार आकर्षणको केन्द्र बनेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ, चकलेट र विभिन्न उपहार दिने चलन छ ।

रोमका एक शासकले सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । भ्यालेन्टाइन डे आउनु एक हप्ता अघिदेखि नै सप्ताहव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।

विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा भीडभाड लाग्ने गर्छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा बनाएको रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । काली गण्डकीको किनारमा रहेको रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय