LIVE
लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने |

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकलाई राजनैतिक स्थायित्व दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।
उहाँले कुर्सीमा पुग्नका लागि मात्रै यो गठबन्धन सरकार नबनेको स्पष्ट गर्दै जनताको विकासको आवश्यकता परिपूर्ति गर्न नेपाली कांग्रेस र नेकपा एमालेको अग्रसरतामा सरकार बनेको उल्लेख गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा शनिवार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले जनताको चाहना विकास निर्माण नै भएकोले सरकारले विकासका कामलाई द्रुतरुपमा अघि बढाएको बताउनुभयो ।

उहाँले संघीयताको मूल मर्म र भावना अनुसार सरकारले संघ, प्रदेश र स्थानीय गरि तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाउन प्रतिवद्ध रहेको पनि वताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले बुटवल आधुनिक शहरका रुपमा विकास हुँदै गरेको बताउँदै अव यो शहरलाई धार्मिक, पर्यटकीय केन्द्रको रुपमा पनि विकास गर्नु जरुरी छ भन्नुभयो ।

उहाँले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्मको सर्किटलाई जोड्ने केन्द्रको रुपमा बुटवलको विकास हुनुपर्ने बताउनुभयो ।

आफू विगतमा उपप्रधान तथा संघीय मामिला मन्त्री रहेको बेला बुटवल नगरपालिकादेखि उपमहानगरपालिका बनेको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले आवश्यक सर्त पूरा भएको अवस्थामा अव बुटवल महानगर बन्नसक्ने बताउनु भयो ।
बुटवलसंग आफ्नो पारिवारीक साईनो रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले आफ्ना पिता गणेशमान सिंह काठमाण्डौं जेलबाट भागेर भारत जाने क्रममा यही बुटवलमा बास बसेर अर्को दिन भारत गएकोले बुटवलको साईनो राजनीतिसंग समेत प्रगाढ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवल आधुनिक सहरका रुपमा विकास हुँदै गरेको बताउँदै आगामी दिनमा बस्नयोग्य सहरका रुपमा बुटवलको विकास गरिने बताउनुभयो ।
बुटवल शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास हुँदै गरेको उल्लेख गर्दै नगर प्रमुख पाण्डेले बुटवलको विकासमा बुटवलबासी सवैको जागरुकता र खबरदारी आवश्यक रहेको बताउनुभयो ।
स्थापना दिवसको अवसरमा टेलिभिजन मध्येबाट लुम्बिनी प्रदेशको पहिलो टेलिभिजन साझा टेलिभिजन एचडीलाई टेलिभिजनको क्षेत्रबाट समाजको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।
त्यसैगरी बुटवलका अनलाईन, पत्रपत्रिका र रेडियोकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय