LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसले मंगलबार ४४ औं बार्षिकोत्सव मनाएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले लुम्बिनी बाणिज्य क्याम्पस बुटवल क्षेत्रकै एक महत्वपूर्ण शैक्षिक धरोहर रहेको चर्चा गर्दै यसको उन्नती र प्रगतीका लागि आफ्नो तर्फबाट सधै रचनात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व अध्यक्ष मोतीराम पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले बोल्दै क्याम्पसले अहिलेसम्म पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको थियो ।

क्याम्पसका क्याम्पस प्रमुख डाक्टर ताराप्रसाद उपाध्यायले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा क्याम्पसमा लामो समय काम गर्नेहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय