LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलको दीप बोर्डिङ स्कुलले आयोजना गरेको १२ औं दीप गायन ताराको उपाधी ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेलले पाउन सफल भएका छन् ।

१९ प्रतियोगीहरुलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रुपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरुले गीत प्रस्तुत गरेका थिए ।

अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा.वि.की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय