LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वार्ड नं २ मा रहेको लिटिल बर्डस इङ्लिस सेकेन्डरी स्कुलको २५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।
बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुलका प्राचार्य कृष्णप्रसाद शर्माले लिटिल बर्डस इङ्लिस सेकेन्डरी स्कुलले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले स्कुललाई किताबी ज्ञानसंगै अतिरिक्त कृयाकलापलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्कुलका प्राचार्य धर्मराज घिमिरे, स्कुल व्यवस्थापन समितिका सदस्य लेखनाथ गैरे लगायतले स्कुलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं २ का वडा अध्यक्ष अमरबहादुर कँडेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार श्यामबहादुर थापा, मोतीप्रसाद राना, क्याप्टेन धनबहादुर कार्की र टंकप्रसाद चापागाईले लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका सहप्राचार्य सुरेश पौडेलले स्वागत गर्नुभएको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बर्षभरी उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको संचालन शिक्षक अनिश भण्डारीले गर्नुभएको थियो ।
यसअघि स्कुलले शुक्रबार रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय