LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल, फागुन १० । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् ।

प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले हात पारेको छ ।

फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५–० गोल अन्तरले पराजित गरेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २–२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए ।

यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्माचारीहरु बीच विभिन्न समूह चरणका खेलबाट चिकित्सक र प्रशासन समूह फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा रेफ्रीलाई बल हस्तान्तरण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई तथा मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले शुभकामना व्यक्त गरेका थिए । स्थापना दिवसका अवसरमा यसअघि सम्पन्न क्रिकेट प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई पराजित गरेको थियो ।

अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालमा फलफुल वितरण तथा म्याराथन प्रतियोगिता समेत गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले जानकारी दिए । ११५ औँ स्थापना दिवसको अवसरमा ११५ जनाबाट रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको उनले जानकारी दिए ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल पत्रकार महासंघ रुपन्देही शाखा बीच भातृत्व बिकासका लागि आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अस्पताल विजयी भएको छ । अस्पताल समुहले पत्रकार समुहलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

जितका लागि अस्पतालको तर्फबाट खेलको पहिलो हाफमा ऋषिराम चौधरीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी संजय गोदारले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै हाबी देखिएको अस्पताल समुहका लागि दोस्रो हाफमा बिनय केसीले थप एक गोल गरेका थिए ।
अस्पतालले यहीँ फागुन १५ गते मनाउन लागिरहेको स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय