LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लागुऔषध विरुद्धको लडाइँमा सरकारले विजय प्राप्त गर्ने गृहमन्त्री रमेश लेखकले बताउनु भएको छ । नेपाललाई लागुऔषध मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल प्रहरीले शनिबारदेखि सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान कार्यक्रममा गृहमन्त्री लेखकले तीनवटा तहकै सरकारले लागुऔषध विरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।

अहिले हामी संघीयतामा छौं । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । यो अभियानलाई वडा वडास्तरमा पु¥याउन सकियोस्, गृहमन्त्रीले भन्नुभयो ।

गृहमन्त्री लेखकले पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ भन्दै नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्छ, त्यसका लागि तयार छ भन्नुभयो ।
६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन गृहमन्त्री लेखकले आग्रह गर्नुभयो ।

छोटो समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको बताउनुभयो ।

लागुऔषध मुक्त मुलुक बनाउनका लागि स्कुल, क्याम्पस, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरूलाई अभियानमा संलग्न गर्नुपर्ने गृहमन्त्रीको भनाइ थियो ।
राष्ट्रलाई केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ,’ उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मूल कारण लागुऔषध रहेको बताउँदै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय