LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले सरकार बन्ने बित्तिकै ल्याएको भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था राख्न खोजिएको भन्दै त्यसबाट पनि अगाडीको भ्रष्टाचारलाई संरक्षण गर्ने व्यवस्था गर्न खोजेको तर्क गर्नुभयो ।

उहाँले यस अघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ की भन्दै आवश्यक कानुन बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाउनु भयो । उहाँले कांग्रेस एमाले सुध्रिएर जानुपर्नेमा जोड दिदै उनीहरुमा सुधार नभए जनताले विकल्प खोज्ने चेतावनी दिनुभयो ।

अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्था पुनस्र्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राख्नुभयो ।
देशमा अभिभावकत्व गर्ने राजा र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने ब्यवस्थाको आवश्यकता परेकोमा उहाँको जोड छ ।
अध्यक्ष लिङ्देनले निर्वाचन प्रणालीलाई सुधारको लागि संसदलाई पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय