LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

लुम्बिनी १७ फागुन

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं.६ पर्सामा भएको इन्डो नेपाल क्रिकेट टुर्नामेन्टको उपाधी लुम्बिनीको क्रिकेट टिम ग्रेन्ड कस्मोले जितेको छ ।

त्यसैगरी प्रतियोगितामा भारतको टिम कपिलवस्तु जेडिएस उपबिजेता भएको छ ।
लुम्बिनी प्रिमियर लिग सिजन ८ रेसपोन्स टिम लुम्बिनीको आयोजनामा भएको प्रतियोगिताको समापनका अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाह तथा लुम्बिनी प्रदेश सभाका पूर्व सभासद फकरुद्दीन खान लगायतले बिजेता र उपविजेता टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा १६ नेपाली र १६ इन्डियन गरि ३२ टिमको सहभागिता रहेको थियो । आयोजक लुम्बिनी प्रिमियर लिग सिजन ८ रेसपोन्स टिम लुम्बिनीका अध्यक्ष जमसेद खाँनले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले खेल क्षेत्रको पूर्वाधार तयार गर्न संघबाट आवश्यक बजेट ल्याउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य फकरुद्दीन खाँनले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन क्रिकेट खेलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुदिन मुसलमानले आउने दिनमा अझै राम्रो खेलकुद गराउने र खेल मैदानको लागि प्रकृया अगाडि बढाइएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष अकरुमुदिन मुसलमानले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय