LIVE
प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने | लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा | कञ्चन गाउँपालिकामा खाना पकाउने ग्याँसको अबस्थाको बारेमा बजार अनुगमन | कञ्चनमा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न | सरकारी विज्ञापन बारेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो | सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा | बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना | लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न |

लुम्बिनी १७ फागुन

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं.६ पर्सामा भएको इन्डो नेपाल क्रिकेट टुर्नामेन्टको उपाधी लुम्बिनीको क्रिकेट टिम ग्रेन्ड कस्मोले जितेको छ ।

त्यसैगरी प्रतियोगितामा भारतको टिम कपिलवस्तु जेडिएस उपबिजेता भएको छ ।
लुम्बिनी प्रिमियर लिग सिजन ८ रेसपोन्स टिम लुम्बिनीको आयोजनामा भएको प्रतियोगिताको समापनका अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाह तथा लुम्बिनी प्रदेश सभाका पूर्व सभासद फकरुद्दीन खान लगायतले बिजेता र उपविजेता टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा १६ नेपाली र १६ इन्डियन गरि ३२ टिमको सहभागिता रहेको थियो । आयोजक लुम्बिनी प्रिमियर लिग सिजन ८ रेसपोन्स टिम लुम्बिनीका अध्यक्ष जमसेद खाँनले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले खेल क्षेत्रको पूर्वाधार तयार गर्न संघबाट आवश्यक बजेट ल्याउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य फकरुद्दीन खाँनले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन क्रिकेट खेलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुदिन मुसलमानले आउने दिनमा अझै राम्रो खेलकुद गराउने र खेल मैदानको लागि प्रकृया अगाडि बढाइएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष अकरुमुदिन मुसलमानले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय