LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले संविधान संशोधनमार्फत अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीमा जाने गरि संविधानमा संशोधनमा छलफल चलाउनु पर्ने बताउँदै अहिलेको यही निर्वाचन प्रणालीमार्फत देशको बिकास नहुने उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधनको समय आईसकेकोले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दलले ढिलाई गर्न नहुने वताउनुभयो ।

नेता केसीले भन्नुभयो– संविधान संशोधनको प्रक्रिया अव सुरु गर्नुपर्छ, वर्तमान सरकार संविधान संशोधन गर्ने एउटा उद्देश्यमा एक भएकोले अव ढिलाई गर्नु हुँदैन ।

कांग्रेस र एमाले जस्ता दुई ठूला दल मिलेर सरकार गठन हुनुको मूख्य कारण देशमा देखिएको अस्थिरता हटाउनु हो भन्दै उहाँले जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधनमार्फत केही सुधार गर्नुपर्छ भन्नुभयो ।

एक अर्को प्रसंगमा बोल्दै नेता केसीले सरकारले ल्याएको अध्यादेश राम्रो भएपनि सवै जस्ताको तस्तै पास गर्नुहुँदैन भन्दै संसदलाई छलेर अध्यादेश ल्याउने विषयमा आफू सधै विपक्षमा रहेको जिकिर गर्नुभयो ।
उहाँले अध्यादेशका विषयमा सरकारमा रहेका तथा नरहेका सबै दलसँग छलफल गरेर मात्रै सहमतिका साथ एउटा निष्कर्षमा पुग्नुपर्दछ भन्नुभयो ।

उहाँले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन निर्धारित मितिमै गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
नेता केसीले भन्नुभयो– ‘काँग्रेसको विधान अनुसार तीन वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यसमा थप एक वर्ष म्याद थप्न पाउने व्यवस्था पनि गरिएको छ तर २०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने कुरा हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय