LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

कम्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा बीटुसी सम्मिट सोमबारदेखि बुटवलमा सुरु भएको छ । भोलीसम्म चल्ने सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डिजिटल हस्ताक्षर गरी ल्यापटमा क्लीक गर्दै शुरुवात गर्दै अवको युग सूचना प्रविधिको युग भएको कारण सूचना प्रविधि विना अवको युग परिकल्पना गर्न नसकिने बताउनुभयो ।

उहाँले सूचना प्रविधिमा पहुँच नभएको व्यक्तिले कोरा शिक्षा हासिल गरेर पछिल्लो प्रतिष्पर्धी समाजमा काम गर्न नसक्ने भएकोले सूचना प्रविधिसंग पोख्त हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले बुटवलमा सूचना प्रविधिको क्षेत्रमा नयाँ अभ्यासलाई लागू गर्दै अगाडि बढेको स्मरण गर्दै घरबाट नै सेवाग्राहीले सेवा लिन पाउने गरी पोर्टल सहित सफ्टवेर विकास गरेर काम गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले महिला उद्यमशिलता सहितको सूचना प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्यान महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदारले डिजिटल नेपाल निर्माणमा सबैजनाको विचमा सहकार्य जरुरी रहेको बताउनुभयो । यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नीजी क्षेत्रको सूचना प्रविधि क्षेत्रमा ठुलो योगदान रहेको भन्दै सरकार, नीजी क्षेत्रको विचमा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गरिएको छ । अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय