LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी चुमेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा बुधबार मुर्गियामा स्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको बिजेता बनेको हो ।

पहिलो हाफ बराबरी खेलका दुवै टिम खेलको दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डि बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसंगै कपिलबस्तु ११ ले प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधी बिजेता बन्न सफल भएको छ ।
आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाएपनि अन्ततः कपिलवस्तु ११ का लागि मोहम्मदले अवसरलाई सदुपयोग गर्न सफल भए ।

१० दिन चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता बिजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन ।

प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो । उहाँले खेल समापन समारोहलाई सम्बोधन गर्दै खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटवल क्लवले खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनुभयो । उहाँले सैनामैना ७ मा बन्दै गरेको गौतमबुद्ध स्टेडियम निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय