विश्व मृगौला दिवस २०२५ विहिवार बुटवलमा सचेतनामूलक कार्यक्रम गरि मनाईएको छ । ‘के तपाईको मृगौला ठिक छ ?’ भन्ने नारासहित विहिबार गौतमबुद्घ सामुदायिक मुटु अस्पतालको आयोजनामा डेढ दर्जन बढि ब्यवसायिक र सामाजिक संस्थाहरुको सहभागितामा सचेतनामूलक ¥याली तथा कार्यक्रम गरि मनाईएको हो ।
कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. रजत कायस्थले मृगौला रोगको रोकथाम, उपचार र प्रत्यारोपण सम्बन्धी जानकारी प्रदान गर्दै विश्वमा नै नसर्ने रोगको अवस्थाबारे प्रकाश पार्नुभयो ।
कार्यक्रम मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौलाबारे समयमा नै सचेतना अपनाउन सके ठूलो क्षति रोक्न सकिने बताउनुभयो । विश्वमा नै मुटु र मृगौलाको पिडितहरु बढ्दो रहेको भन्दै उहाँले यसका बारेमा सचेतना आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
‘कम्तिमा ६ महिनामा आफनो मृगौला परिक्षण जरुरी छ ।’–उहाँले भन्नुभयो – मृगौला रोगबारे जनचेतना अभिवृद्धि गर्न आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने छ ।



कार्यक्रम मुटुरोग विशेषज्ञ डा. समीर गौतमले नेपालीको घरघरमा स्वास्थ्य चेतना आजको आवश्यकता भएको बताउँदै रोग लाग्नबाट रोक्न सकिने उत्तम उपाय सचेतना र अभिमुखिकरण हो भन्नुभयो ।
उहाँले मृगौला रोगको कारण, लक्षण र रोकथामको बारेमा घरघरमा सचेतना जगाउन जरुरी रहेको बताउँदै नेपालीहरुको स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण तथा पानीको पर्याप्त सेवनले मृगौला स्वास्थ्यलाई मजबुत बनाउन सकिनेमा जोड दिनुभयो ।
रामनगरस्थित मुटु अस्पतालदेखि निस्किएको ¥यालीमा सहभागीहरुले स्वस्थ मृगौला, खुसी जिवन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गरौ, डाक्टरको सल्लाहबिना जथाभावी औषधी सेवन नगरौ, एकचोटी मृगौला फेल भयो भने जिन्दगी बिग्रन्छ, मृगौला रोग रोक्न सकिन्छ । शुरुवात कहाबाट ? तपाई आफैबाट लेखिएका प्लेकार्डसहितको ¥याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।




