LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

चैतको दोस्रो सातादेखी काठमाडौमा हुने तेस्रो एनसेल नेपाल सुपर लिग फुटबल प्रतियोगिताको ट्रफी प्रदर्शन देशका मुख्य शहरहरुमा शुरु भएको छ । धनगढीबाट शुरु गरिएको ट्रफी शनिबार लुम्बिनी टिमको होम टाउन बुटवलमा आईपुगेको हो । ट्रफिसहित बुटवल लुम्बिनीको खेलाडी, टिम म्यानेजर, कोचहरु दिउसो बुटवल उपमहानगरपालिका परिसर पुगेका हुन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेलकुदको विकासमा पालिका निरन्तर लागेको बताउनुभयो । खेल प्रतियोगिता, खेलाडी सम्मान, पूर्वाधारमा बजेट बिनियोजन गरेको भन्दै उहाँले विद्यालय खेलकुद देखि अन्तराष्ट्रिय खेलाडी सम्मानका कार्यक्रममा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा बुटवल लुम्बिनी टिमका टिम कोच पुष्पलाल शर्माले ब्यवसायिक फुटबल प्रतियोगितामार्फत खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने गरि तेस्रो संस्करणको प्रतियोगिता अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

चैत १३ गतेबाट शुरु हुने प्रतियोगितामा सात टिमले भाग लिनेमा प्रत्येक टिमले अक्सनमार्फत खेलाडी किन्ने काम सकेको उहाँले बताउनुभयो । प्रत्येक टिममा ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, भलुही, भैरहवा हुदै लुम्बिनीसम्म ट्रफी प्रर्दशन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय