LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका रुपन्देहीका चारवटा क्याम्पसमध्ये नेविसंघले तीनवटा क्याम्पसको नेतृत्व लिन सफल भएको छ ।
नेविसंघले मंगलवार भएको निर्वाचनबाट दुईवटा क्याम्पसमा प्यानलै निर्वाचित गराउन सफल भएको छ भने एकवटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीसंग गठबन्धन गर्दै सभापति सहितको पदमा नेतृत्व लिन सफल भएको छ ।

रुपन्देहीको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ ।
त्यसैगरी हरैया बहुमुखी क्याम्पसमा नेविसंघले सभापति सहितका पदमा अखिल क्रान्तिकारीसंग गठबन्धन गर्दै जीत निकाल्न सफल भएको छ ।
उता अनेरास्ववियुले जिल्लाको एउटा क्याम्पसमा मात्रै जीत निकालेको छ । सैनामैनाको शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अखिल क्रान्तिकारीसंग गठबन्धन गर्दै अनेरास्ववियुले जीत निकालेको हो ।

उक्त क्याम्पसमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको हो ।
बुधबार दिउँसो बिजयको खुसीयालीमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानलले सहिद नारायण पोखरेल रामापुर क्याम्पसबाट ¥याली आयोजना ग¥यो । ¥यालीमा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा बिजय ¥यालीले नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय