LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका रुपन्देहीका चारवटा क्याम्पसमध्ये नेविसंघले तीनवटा क्याम्पसको नेतृत्व लिन सफल भएको छ ।
नेविसंघले मंगलवार भएको निर्वाचनबाट दुईवटा क्याम्पसमा प्यानलै निर्वाचित गराउन सफल भएको छ भने एकवटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीसंग गठबन्धन गर्दै सभापति सहितको पदमा नेतृत्व लिन सफल भएको छ ।

रुपन्देहीको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ ।
त्यसैगरी हरैया बहुमुखी क्याम्पसमा नेविसंघले सभापति सहितका पदमा अखिल क्रान्तिकारीसंग गठबन्धन गर्दै जीत निकाल्न सफल भएको छ ।
उता अनेरास्ववियुले जिल्लाको एउटा क्याम्पसमा मात्रै जीत निकालेको छ । सैनामैनाको शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अखिल क्रान्तिकारीसंग गठबन्धन गर्दै अनेरास्ववियुले जीत निकालेको हो ।

उक्त क्याम्पसमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको हो ।
बुधबार दिउँसो बिजयको खुसीयालीमा अनेरास्ववियु तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानलले सहिद नारायण पोखरेल रामापुर क्याम्पसबाट ¥याली आयोजना ग¥यो । ¥यालीमा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा बिजय ¥यालीले नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय