LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नाट्यकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म ‘हिउँको गीत’ को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका मुख्य कलाकारलाई चित्रण गरेको छ ।
चरित्र चित्रणसँगै फिल्मले कथावस्तुलाई विम्वपरक ढंगमा पेश गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ । यो कथानक फिल्ममार्फत निर्देशन करिअर थालेका सुवेदी थिएटर भिलेजमार्फत् देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रुपमा परिचित सर्जक छन् । यसपटक भने उनले आफ्नै कथा, पटकथा तथा निर्देशनमा ‘हिउँको गीत’ तयार गरेका हुन् ।

पटकथा लेखनमा सुवेदीसँग ‘साँघुरो’ फिल्मका निर्देशक जोयश पाण्डेले सहकार्य गरेका छन् । यो फिल्ममा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, शिशिर कर्माचार्य, पूजा चन्द केन्द्रिय भूमिकामा छन् ।

अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सिलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले फिल्म निर्माण गरेका हुन् । फिल्मले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको सुवेदीको भनाइ छ ।

फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीमाथि तत्कालिन शासकले गरेका चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय