LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नाट्यकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म ‘हिउँको गीत’ को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका मुख्य कलाकारलाई चित्रण गरेको छ ।
चरित्र चित्रणसँगै फिल्मले कथावस्तुलाई विम्वपरक ढंगमा पेश गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ । यो कथानक फिल्ममार्फत निर्देशन करिअर थालेका सुवेदी थिएटर भिलेजमार्फत् देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रुपमा परिचित सर्जक छन् । यसपटक भने उनले आफ्नै कथा, पटकथा तथा निर्देशनमा ‘हिउँको गीत’ तयार गरेका हुन् ।

पटकथा लेखनमा सुवेदीसँग ‘साँघुरो’ फिल्मका निर्देशक जोयश पाण्डेले सहकार्य गरेका छन् । यो फिल्ममा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, शिशिर कर्माचार्य, पूजा चन्द केन्द्रिय भूमिकामा छन् ।

अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सिलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले फिल्म निर्माण गरेका हुन् । फिल्मले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको सुवेदीको भनाइ छ ।

फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीमाथि तत्कालिन शासकले गरेका चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय