नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो । २०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताउनुभयो । उहाँले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताउनुभयो । एमालेबाट विद्रोह गरेकाले सोही पार्टी स्थापनाको समयदेखि नै गणना गरी अधिवेशन दशौं रुपमा गर्न लागिएको स्पष्ट पार्नुभयो ।



विधान अनुसार संघीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तत्यमा उल्लेख गरिएको छ । विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी दशौं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना बनाईने जनाइएको छ ।




