LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने निःशुल्क इन्स्टुमेसन तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।

रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले बोल्नु हुँदै प्राविधिक ज्ञान आर्जन गर्दै सीपको अधिकतम उपयोग गरी उपलब्धि मूलक बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर समेत सिर्जना गर्न यस्ता तालिमले सहयोग पु¥याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।

इन्स्योर परियोजना लुम्बिनी प्रदेश प्राविधिक अफिसर विनय गौतमले इन्स्योर परियोजना र सीप अभिवृद्धि तालिमको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका अखिलेश कुमार यादवले तालिमलाई प्रभावकारी र सिप योग्य बनाउनका लागि नियमित,अनुशासित र सिकाई योग्य वातावरण सिर्जना गरी तालिम सञ्चालन हुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय