LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा विहिबारदेखि बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको माध्यमबाट पनि चिनाउन र खेल पर्यटनमार्फत समृद्धि हासिल गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा करोडौं रकम छुट्टयाइएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले खेलकुदलाई बिशेष महत्व दिएको भन्दै नगर प्रमुख पाण्डेयले विद्यालय तहबाटै खेलकुदको विकास गर्न विद्यालय स्तरीय बिभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको बताउनुभयो ।
खेल पर्यटनका साथै धार्मिक पर्यटनको माध्यमबाट पनि बुटवललाई समृद्ध बनाउने आफुहरूको योजना रहेको भन्दै उनले त्यसका लागि आवश्यक पुर्वाधार तयार गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पंकज ज्ञवालीको सभापतित्व र नगर प्रमुख पाण्डेयको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उदघाटन कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, नेपालकै पुराना ब्याडमिन्टन खेलाडी कुमार मोहन बिक्रम शाही, संघका द्वितीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक शम्भु भट्टराई लगायतले प्रतियोगिताको आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए । सो अवसरमा नेपालमा ब्याडमिन्टन खेलको विकास र बिस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै ८१ बर्षिय खेलाडी कुमार मोहन बिक्रम शाहीलाई सम्मान गरिएको थियो ।

तीनदिनसम्म चल्ने प्रतियोगितामा विभागिय टोलीसँगै एक सय टिमको सहभागीता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिनुभयो ।
बिभिन्न ६ विधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय